इब्राहिमोभिकसहित मिलानका तीन खेलाडीले युभेन्टविरुद्धको खेल गुमाउने

एजेन्सी, २ फागुन । इटालियन क्लब एसी मिलानका तीन खेलाडीले कोपा इटालियाअन्तर्गत युभेन्टसविरुद्धको खेल गुमाउने भएका छन् ।

मिलानका ज्लाटान इब्राहिमोभिक, थियो हर्नान्डेज सामु कास्टिल्लेजोले युभेन्टसविरुद्धको खेल गुमाउने भएका हुन् ।

कोपा इटालियाको दोस्रो लेगको खेल ४ मार्चमा युभेन्टसको मैदानमा हुनेछ ।

यस खेल खेल्न यी तीनै खेलाडीले पाउनेछैनन् । प्रतिबन्धका कारण यी तीन खेलाडी युभेन्टसविरुद्ध मैदानबाहिर रहनेछन् ।

थियोले युभेन्टसविरुद्धको पहिलो लेगमा २ वटा पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए ।

१–१ गोलको बराबरीमा सकिएको उक्त खेलमा उनले रातो कार्ड पाएपछि अब अर्को खेलमा खेल्न पाउने छैनन् ।

यस्तै यसै सिजन मात्र मिलान फर्किएका स्टार ज्लाटान र कास्टिल्लेजोले पनि पहेँलो कार्डका कारण युभेन्टसविरुद्धको खेल खेल्न पाउनेछैनन् ।

यी दुवै स्टारले यो सिजनको कोपा इटालियामा समान २–२ वटा पहेँलो कार्ड पाइसकेका छन् ।

ज्लाटानले टोरिनोविरुद्धको खेलमा र युभेन्टसविरुद्धको खेलमा पहेँलो कार्ड पाएका छन् ।

Loading...