birat ribon

मेस्सीलाई छोडेर रोनाल्डोसँग खेल्न चाहन्छन् राकिटिक

Neuro
मेस्सीलाई छोडेर रोनाल्डोसँग खेल्न चाहन्छन् राकिटिक

एजेन्सी, २ फागुन । बार्सिलोनाका मिडफिल्डर इभान राकिटकले आफू युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग खेल्न चाहेको बताएका छन् ।

Padelux insider
cura insider
sdaf

हालै एक अन्तर्वार्ताका क्रममा बोल्दै क्रोएशियन स्टार राकिटिकले रोनाल्डोको साथमा खेल्ने आफ्नो इच्छा रहेको बताएका हुन् ।

उनले क्याप नोउ छोडेर इटालियन च्याम्पियन क्लब युभेन्टस जाने संकेत पनि दिएका छन् ।

केही समयअघि उनी युभेन्टससँग जोडिएका थिए । फेरि पनि सोही क्लब जाने संकेत दिँदै राकिटिकले पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोसँग खेल्न चाहेको सुनाए ।

३१ वर्षीय राकिटिकले रिपोर्ट स्पोर्ट्ससँग कुराकानी गर्दै भने, ‘पक्कै पनि रोनाल्डोसँग खेल्न चाहन्छु । उनी फुटबल इतिहासकै एक महान खेलाडी पनि हुन् । उनले खेलेको जोकोहीलाई पनि मन पर्छ, युभेन्टसमा पनि उनले राम्रो गरिरहेका छन् ।’

यसैगरी राकिटिकले वर्तमान सहकर्मी तथा कप्तान लियोनल मेस्सी सर्वकालीन महान खेलाडी भएको बताए ।

‘उनीसँग खेल्न पाउनु आश्चर्यजनक छ किनकी उनी विशेष छन्,’ राकिटिकले भने, ‘प्रत्येक युगमा एक महान् खेलाडी छन् । तर, मेस्सी पछिल्ला १५ वर्षयताकै उत्कृष्ट खेलाडी हुन् ।’

jackson ribon