यस्ता केटालाई मन पराउँछन् केटीहरू

विराटनगर, २ फागुन । मान्छेको स्वभावको बारेमा पत्ता लगाउन व्यक्तिको शरीरको बनावट, रंग, बोल्ने तरिका, व्यवहार तथा लुगा लगाउने तरिका र फेसनको आधारले मद्दत गर्छ ।

केटीहरूले पहिलो पटक केटालाई हेर्दा विभिन्न कुराहरूमा विशेष ध्यान दिने गर्छन् ।

कतिपय केटाहरूलाई लुगा लगाउने ढंगदेखि लिएर शरीरको फिटनेस तथा फेसनमा ढंग नभएको कारणले केटीहरूले चासो दिने गर्दैनन् ।

केटाहरूको आँखा, कपाल, दाह्री जुँगा र शरीरपछि केटीहरूले केटाले लगाएको लुगा तथा फेसन हेर्ने गरेको यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको अध्ययनमा उल्लेख गरिएको छ ।

केटीहरू केटाको तुलनामा लुगा तथा फेसनमा धेरै ज्ञान राख्ने हुँदा उनीहरूलाई यस्तो कुरामा धेरै चासो रहेको हुने गर्छ ।

केटाहरूको आँखा, कपाल, ओठ, दाँत, चौडा काँध र छाति, मस्कुलर तथा बलियो शरीर, स्मार्ट र बोल्ने तरिकाले केटीहरू निकै आकर्षित हुने हुँदा केटाहरूले यस्ता कुरातर्फ बढी ध्यान दिनुपर्छ ।

झ्याप्ले कपाल तथा दाह्री पाल्ने केटालाई गुण्डो जस्तो देखिने हुँदा केटीहरूलाई यस्तो केटाहरू मन पर्दैनन् ।

खुकुलो जीन्स पाइन्टमा बेल्ट नलगाउने, उल्टो क्याप लगाउने, बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने, ह्वाङ्ले लुगा लगाएका दुब्लो केटाहरू केटीहरूलाई मन पर्दैनन् ।

ठूलो कपडामा नसुहाउने हुँदा केटाहरूलाई केटीहरूले दुब्लो केटाहरू मन पराउँदैनन् ।

केटाहरूले लगाउने जुत्ताका कारण पनि केटीहरू केटा कस्तो छ भनेर थाहा पाउने गर्छन् ।

केटाको शरीर भद्दा वा मोटो शरीर भए पनि केटिहरूले मन पराउन सक्छन् तर, भुँडी देखिने गरी छोटो शर्ट लगाउने केटाहरू केटीलाई मन पर्दैन ।

Loading...