Rumpum

Rumpum Advertisement

मोरङमा दुई जना मृत भेटिए

मोरङमा दुई जना मृत भेटिए

विराटनगर, २ फागुन । मोरङको छुट्टा छुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ ।

१ फागुनमा पथरी शनिश्चरे नगरपालिका–४ र २ फागुनमा लेटाङ नगरपालिका–१ मा शव भेटिएको हो ।

पथरी शनिश्चरे– ४ मा रहेको सम्झना चोकस्थित हाट बजार लाग्ने ठाउमा स्थानीय ५५ वर्षीय प्रवल गिरी मृत भेटिएका हुन् । उनी मापसे गरी हिँडेको प्रहरीले बताएको छ ।

प्रहरीले शवको पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ ।

शुक्रबार लेटाङ १ धोबिघाटका स्थानीय ६४ वर्षीय बलबहादुर लामिछाने मगर मृत भेटिएका हुन् ।

पाचथँरे खोलामा उनको लडेर मृत्यु भएको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।