फ्राइडे रिलिज : प्रेम दिवसको दिन हलमा ‘लभ डायरिज’ र ‘लभ आज कल’

विराटनगर, २ फागुन । फ्राइडे रिलिजअन्तर्गत आज २ फाल्गुन नयाँ नेपाली फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिजअन्तर्गत देशभरबाट प्रदर्शनमा आएको यो फिल्मले सोलो रिलिजको अवसर पाएको हो ।

सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्ममा युवायुवती बीचको माया–प्रेम र कमेडीमा आधारित भएर मनोरञ्जनात्मक र सन्देशमूलक रहेको छ ।

फिल्ममा अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना थापाका साथ विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतका कलाकारको अभिनय छ ।

मधु बास्तोलाले लेखेको फिल्मको कथा र पटकथामा अर्जुन पोखरेलको संगीत छ ।

ईइस्टेर इन्टरटेनमेन्टको व्यानरमा रहेर विनोद सापकोटाको निर्माण र सरोज तुलाधरले सहनिर्माण गरेका हुन् ।

साहिल खान सह–निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन छ ।

नेपाली बक्स अफिसमा टक्कर दिँदै प्रेम दिवसको अवसरमा प्रेम कथामा आधारित रहेको बलिउड फिल्म ‘लभ आज कल’ पनि प्रदर्शनमा आएको छ ।

अभिनेता कार्तिक आर्यन, रणदीप हुडा र अभिनेत्री सारा अली खानको मूख्य भुमिका रहेको इम्तियाज अली निर्देशित फिल्म सेफ अलीखान र दीपिका पादुकोणको फिल्म ‘लभ आजकल’ को सिक्वेल हो ।

Loading...