Rumpum

Rumpum Advertisement

एनआरटीलाई हराउँदै शेर्पाको लिगमा सुखद अन्त्य

एनआरटीलाई हराउँदै शेर्पाको लिगमा सुखद अन्त्य

काठमाडौं, २ फागुन । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले सुखद खन्त्य गरेको छ ।

शुक्रबार भएको लिगको अन्तिम खेलमा उसले न्युरोड टिम एनआरटीलाई २–१ गोलले हराउँदै सुखद अन्त्य गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ३०औ मिनेटमा एनआरटीले राजेश परियारको गोलबाट अग्रता बनाएको थियो ।

यस्तै खेलको ४१औं मिनेटमा शेर्पाका लागि स्टेफन समीरले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफको ईन्जुरी समयमा त्रिदेव गुरुङलेगोल गर्दै शेर्पालाई २–१ को जित निकाले ।

एनआरटी शेर्पासँग पराजित गएसँगै नवौं स्थानमा लिग समाप्त गर्‍यो । शेर्पा भने १४ अंकसहित तालिकाको दशौं स्थानमा उक्लियो ।