सिन्धुली, २ फागुन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।
महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रबार आफैँलाई पेटमा गोली हानेका हुन् ।
राय गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।
उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बताइन् ।
गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।