काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) संसदलाई सम्बोधन गर्दै छन् ।
ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सरकारका काम कारवाही बरो जानकारी दिन लागेका हुन् ।
सरकारको दुई वर्षे कार्यकाल पुरा भएको अवसरमा ओलीले संसदलाई सम्बोधन गर्ने भएका हुन् । २ बजे बस्ने संसद बैठकमा उनले पहिले सम्बोधन गर्ने छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले २ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।
ओली नेतृत्वको नेकपाको झण्डै दुई तिहाई बहुमतको सरकार गठन भएको भोली सनिबार दुई वर्ष पुरा हुने छ ।