मोटोपना र कब्जियत हटाउन मेवा उपयोगी

विराटनगर, २ फागुन । मेवामा शरीरलाई चाहिने पोषकतत्व हुन्छ । यसले शरीरलाई उर्जा प्रदान गर्छ ।

यो फल शरीरको लागि लाभदायक पनि छ । कब्जियतको समस्या भएकाहरुको लागि भने मेवा वरदान नै हो ।

कब्जियत भएको बेला मेवा खान उत्तम हुने डाक्टरहरुले सल्लाह दिन्छन् । यसमा हुने एन्जाइमले पाचन प्रकृयालाई सहज बनाउँछ ।

शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न समेत मेवाको नियमित सेवन गर्नु राम्रो मानिन्छ ।

फाइबर, भीटामिन सी, एन्टी अक्सिटेन्ट हुने कारण यसले कोलेस्ट्रोल नियन्त्रण गर्न सहयोग गर्छ ।

यसमा हुने फाइबरको कारण मोटोपनाको समस्याबाट छुटकारा दिन समेत मद्दत गर्छ ।

यस्तै जन्डिसका विरामीहरुलाई समेत काँचो मेवा खादा राहत हुन्छ ।

आँखाको लागि समेत मेवाको सेवन गर्नु राम्रो हुन्छ । भिटामिन ए र भिटामीन सीको कारण आँखाको लागि समेत मेवा उत्तम मानिएको हो ।

Loading...