Rumpum

Rumpum Advertisement

आजदेखि विराट एक्स्पो सुरु हुँदै

आजदेखि विराट एक्स्पो सुरु हुँदै

विराटनगर, २ माघ । अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आज(शुक्रबार)बाट सुरु हुँदैछ ।

विराटनगरको शंकरपुरमा सुरु हुने एक्स्पोको अर्थमन्त्री डा. यूवराज खतिवडाले उद्घाटन गर्ने छन् ।

एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलालले बताए ।

उत्पादकले प्रत्यक्ष रुपमा उपभोक्तालाई भेटेर आफ्ना उत्पादनबारे बुझाउन र उपभोक्ताले पनि बजारमूल्य भन्दा कम दाममा सामान पाउने छन् ।

प्रदर्शनीमा स्थानीय उत्पादन, कृषि उपज, बैंक तथा वित्तिय संस्थाका स्टल र विभिन्न देशका गारमण्ट लगायतका उत्पादनहरु, बालबालिकाहरुका लागि मनोरञ्जनका स्टल राखिएको छ ।

हस्तकला, सूचना प्रविधि लगायतका समेत स्टल मेलामा राखिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।

मेलामा हेलिकप्टरबाट विराटनगर अवलोकन, पाथिभरा दर्शन, हात्तीको सवारी समेत आकर्षणका रुपमा राखिएको छ ।

रोजगार सूचना केन्द्रको व्यवस्था तथा भ्रमण वर्षको प्रर्वद्धनका लागि प्रदेश १ का पर्यटकीय गन्तब्यको जानकारी एक्स्पोमा राखिने छ ।

३ सय ४० वटा स्टल रहने एक्स्पोको ३ लाख बढीले अवलोकन गर्ने अयोजक समितिले अनुमान गरेको छ ।