birat ribon

पत्रपत्रिकामा प्रदेश : प्रदेश नम्बर १ मा सरकार कहाँ छ ?

Neuro
पत्रपत्रिकामा प्रदेश : प्रदेश नम्बर १ मा सरकार कहाँ छ ?

विराटनगर, २ फागुन । सत्तारुढ दल नेकपाका प्रदेश सांसदले अनेक आपराधिक घटना हुँदा पनि सरकारले नियन्त्रण गर्न चासो नदेखाएको भन्दै आलोचना गरेका छन् ।

Padelux insider
cura insider

उनीहरुले सरकार कहाँ छ भन्दै प्रश्न गर्न थालेका कान्तिपुर दैनिकमा समाचार छ ।

प्रदेश १ सभाको शून्य समयमा बोल्दै प्रदेशका सांसदहरुले सरकारको उपस्थिति नदेखिएको भन्दै खोजी गरेका हुन् ।

सत्तापक्षका सांसद कुलप्रसाद साम्बाले अज्ञात समूहले बम विस्फोट गराएर ६ करोडको क्षति गराउँदा पनि प्रदेश सरकारले चासो नदिएको भन्दै खोजी गर्नु पर्ने अवस्था आएको बताए ।

झुम्का कारागारमा बिरामीको चाप भएको समाचार नागरिक पूर्वेलीमा छ ।

बाहिरी जिल्लाबाट ल्याइएका कैदीबन्दीहरु प्रायजसो बिरामी हुने गरेको कारागार प्रशासनका शाखा अधिकृत सूर्यमान बानियाँले बताए ।

कर्मचारीहरु छुटी भएर घर फर्किएपछि बिरामी भएको खबर आउने र तनाब हुने उनले बताए ।

कारागारमा अहिले एकजना अहेब छन् । उनले सामान्य बिरामीको उपचार गर्छन् ।

अहेबबाट सम्भव नभएका बिरामीलाई जिल्ला अस्पताल इनरुवा र कोशी अस्पताल विराटनगर ल्याउने गरिएको छ ।

क्षेत्रीय स्तरको कारागारमा अहिले १ हजार ७ सय ५७ जना कैदीबन्दी छन् ।

बिरामी कैदीबन्दीलाई सुगम स्थान विराटनगर वा काठमाडौं सारिनु पर्ने कारागारको ब्लक २ का चौकीदार खड्गबहादुर राईले बताए ।

मायाले मार्‍यो शीर्षकमा ब्लाष्ट टाइम्सले मुख्य खबर छापेको छ ।

प्रदेश १ का १४ जिल्लामा मन र मुटु दिएका प्रेमीबाटै हत्या हुने क्रम बढ्दो छ ।

प्रदेश १ प्रहरी कार्यालयको अभिलेख अनुसार हत्याको घटना कहिले बढ्ने र कहिले घट्ने गरेको छ ।

२०७२ ७३ मा १ सय ३१ जनाको हत्या भएको थियो । २०७३/ ७४ मा १ सय ५१ जना, २०७४/७५ मा १ सय ८ जनाको हत्या भएको छ ।

२०७५/७६ मा १ सय २ जना र यो आर्थिक वर्षको पुससम्मा ५१ जनाको हत्या भएको छ ।

उद्घोष दैनिकमा उद्योग वाणिज्य महासंघको चुनावमा विराटनगरका किशोर प्रधानले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने मुख्य खबर छापेको छ ।

५३ औँ महाधिवेशनमा प्रधानले उम्मेदवारी दिने घोषणा गरेका हुन् । २८ चैत्रमा महासंघको साधारण सभा हुने छ ।

jackson ribon