एजेन्सी, २ फागुन । इटालियन पूर्वफुटबलर फाबियो पाराटिकीले पाउलो डेबाला युभेन्टसका मेस्सी बन्न सक्ने जनाएका छन् ।
कोपा इटालियाअन्तर्गत एसी मिलानविरुद्धको खेलअगाडि पत्रकारसँग बोल्दै पाराटिकीले यस्तो बताएका हुन् ।

कोपा इटालियाअन्तर्गत सर्वाधिक १३ पटको च्याम्पियन क्लब युभेन्टस बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा युभेन्टस एसी मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
युभेन्टसका प्रमुख फुटबल अफिसरसमेत रहेका पाराटिकीले अर्जेन्टिनी स्टार डेबालालाई उनकै सहकर्मी लियोनल मेस्सीसँग तुलना गर्दै यस्तो बताएका हुन् ।
डेबालालाई युभेन्टसको इतिहासकै उत्कृष्ट बन्दै सिरी ‘ए’ च्याम्पियन क्लबका मेस्सी बन्ने अवसर रहेको पाराटिकीको दाबी छ ।
‘हामी डेबालादेखि धेरै खुशी छौं’, उनले राई स्पोर्ट्स’सँगको कुराकानीमा भने, ‘हामीले उनमा लगानी धेरै गरेका छौं र आशा गरेका छौं कि उनी युभेन्टसका मेस्सी बनून् ।’