रोनाल्डोले युभेन्टसलाई हारबाट जोगाए

विराटनगर, २ फागुन । कोपा इटालियाअन्तर्गत सर्वाधिक १३ पटको च्याम्पियन क्लब युभेन्टस बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको सेमिफाइनलको पहिलो लेगमा युभेन्टस एसी मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

मिलानको मैदानमा भएको खेलको अन्तिम समयमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई हारबाट जोगाएका हुन् ।

त्यसअघि १० खेलाडीमा सीमित मिलानले अग्रता बनाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६१औं मिनेटमा मिलानका एन्टे रेबिकले गोल गर्दै युभेन्टसविरुद्ध अग्रता बनाएका थिए ।

यस्तै खलको ७१औं मिनेटमा घरेलु टोली मिलान १० खेलाडीमा सीमित बनेको थियो ।

उसका खेलाडी थियो हर्नान्डेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो । जसमा, रोनाल्डोले गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए ।

दोस्रो लेगको खेल युभेन्टसको मैदानमा हुनेछ । दोस्रो लेगको खेल भने ४ मार्चमा हुनेछ ।

यसअघि क्वार्टरफाइनलमा मिलानले टोरिनोविरुद्ध जित निकाल्दै सर्वाधिक धेरै पटकको विजेता टोली युभेन्टससँग भेट पक्का गरेको हो ।

युभेन्टसले भने रोमालाई क्वार्टरफाइनलमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

Loading...