birat ribon

कानून बनाएर पठाओ र टुटल सेवा सञ्चालन गर्न आदेश

Neuro
कानून बनाएर पठाओ र टुटल सेवा सञ्चालन गर्न आदेश

काठमाडौं, १ फागुन । उच्च अदालत पाटनले मोटरसाइकलमा भाडामा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश दिएको छ ।

Padelux insider
cura insider

न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले कानून बनाएर मात्र त्यस्तो सेवा सञ्चालन गर्न परमादेश जारी गरेको हो ।

अखिल नेपाल मजदूर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायतलाई विपक्षी बनाई गत मङ्सिर २२ गते रिट निवेदन दायर गरेको थियो ।

पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको निर्देशनमा विभागले भाडामा मोटरसाइकल नचलाउन सूचना प्रकाशित गरेको भएपनि सेवा बन्द भएको थिएन ।

उच्च अदालत पाटनले अहिले सेवा सञ्चालन नगर्न भने आदेश दिएको छैन् । कानून बनाएर सञ्चालन गर्न भनेको छ ।

jackson ribon