birat ribon

प्राविधिक, व्यावसायिक शिक्षा र तालीमसम्बन्धी नयाँ ऐन

Neuro
प्राविधिक, व्यावसायिक शिक्षा र तालीमसम्बन्धी नयाँ ऐन

काठमाडौं, १ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीमको थप विकास, विस्तार एवं गुणस्तर अभिवृद्धि गर्ने उदेश्यले छुट्टै नयाँ ऐन ल्याउने तयारी गरेको छ ।

Padelux insider
cura insider

ऐनले सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकारका प्राविधिक शिक्षा सम्बन्धी नीतिलाई जोड्ने, लगानी अभिवृद्धि गर्ने तथा बजारको सीपयुक्त जनशक्तिको मागलाई सम्बोधन गर्न सहयोग गर्ने जनाइएको छ ।

सरकारले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय बनाउने नीति लिएको छ । शिक्षामा विनियोजित करीब दश प्रतिशत बजेटमध्ये प्राविधिक शिक्षामा चार प्रतिशत मात्र विनियोजित रहेको छ ।

हाल श्रमबजारमा वर्षेनी पाँच लाख युवा रोजगारीमा निस्कन्छन् ।

तीमध्ये स्वदेशका सरकारी र निजी क्षेत्र गरी करीब एक लाखमा रोजगारी सिर्जना हुने र स्वदेशमा सीप सिकेर गएका युवालाई विदेशमा पत्याइहाल्ने अवस्था नरहेको बताइएको छ ।

मन्त्रालय, काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनद्वारा ‘प्राविधिक र व्यावसायिक शिक्षा तथा तालीम’ विषयक बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले शिक्षा नीति २०७६ अनुसार प्राविधिक शिक्षालाई सम्बोधन गर्न नयाँ ऐन ल्याउन लागेको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. दिनेशचन्द्र देवकोटाले राज्यले अन्य शिक्षा र प्राविधिक शिक्षाका बीचमा फरक छुट्याउन नसक्दा प्राविधिक शिक्षा पछाडि परेको बताए ।

प्राविधिक र व्यावसायिक शिक्षा र तालीमविज्ञ प्रा डा राजेन्द्र अधिकारीले सरकारलाई प्राविधिक शिक्षामा लगानी बढाउन सुझाव दिए ।

jackson ribon