Rumpum

Rumpum Advertisement

म्यानमार ‘मोर्टार’ आक्रमणमा २१ विद्यार्थी घाइते

म्यानमार ‘मोर्टार’ आक्रमणमा २१ विद्यार्थी घाइते

म्यानमार, १ फागुन । बिहीबार म्यानमारको उत्तरी रखाइन राज्यमा एक विद्यालयमा ‘मोर्टार’ आक्रमणमा २० बालबालिका घाइते भएका छन् ।

रखाइन राज्यमा म्यानमारको सेनाले लामो समयदेखि आराकन सशस्त्र विद्रोही (एए) ले जातीय मुक्तिका लागि गरेको आन्दोलनविरूद्ध युद्ध गरिरहेको छ ।

बिहीबारको आक्रमण बुटिडाउङ नगरमा भएको आक्रमण सरकारी सेना वा विद्रोहीले गराएका भन्नेबारे पुष्टि हुनसकेको छैन ।

गत वर्षको जनवरीदेखि दुई पक्षबीच चलेको द्वन्द्वले चर्को रूप लिएपछि दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । यसबीचमा उक्त स्थानबाट करिब एक लाख स्थानीय विस्थापित भएका छन् ।

एएले जातीय रखाइन बौद्धमार्गीहरूको स्वतन्त्रताका लागि लडिरहेको दाबी गरेको छ । रखाइन क्षेत्र म्यानमारका अल्पसङ्ख्यक मुसलमान समुदाय रोहिंज्याहरूको बाहुल्यता भएको क्षेत्र हो ।

खाम्वे गाउँका शिक्षक थार आय माउङ्गले विद्यालयमा भएको आक्रमणमा २१ जना विद्यार्थी घाइते भएको बताए । घाइते भएका विद्यार्थीहरू बुद्धमार्गी खामी समुदायका रहेका बताइएको छ ।

“बिहीबार बिहान सरकारी सेना र विद्रोही एए समूहबीच विद्यालयबाट करिब तीन किलोमिटर टाढा भिडन्त भइरहेको उनले बताए

माउङदाव जिल्लाका प्रशासन प्रमुखले घटनाको पुष्टि गरे । उनले भने घाइतेहरूको सङ्ख्या भने १९ रहेको बताए ।

उनले विद्यालयमा सेनाले आक्रमण गर्नुपर्ने कारण नभएको तर कहिलेकाही सेनाको विद्रोहीले लुटेका हतियार यस्ता घटनामा प्रयोग हुने गरेका म्यानमार सेनाका पश्चिमी कमाण्डका प्रवक्ता कर्नेल विन ताओले बताए ।