टर्कीको आक्रमणमा ५५ सिरियाली सैनिक मारिए

सिरिया, १ फागुन । टर्कीका सुरक्षाकर्मीको आक्रमणमा परी ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । सरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा टर्कीको सुरक्षाफौजले आक्रमण गरेको हो ।

सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा सिरियाली सेना मारिएको टर्कीका अधिकारीले बिहीबार जानकारी दिए । इदलिब क्षेत्रमा भएको पछिल्लो घटनामा परी कम्तीमा ५५ जना मारिएका टर्कीको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियाली सेनाले निहुँ खोजेमा प्रतिआक्रमण गर्ने चेतावनी दिएको भोलिपल्ट यो घटना भएको हो ।

उनले आफ्नो देशका सुरक्षाकर्मीहरूलाई सिरियाली सुरक्षाकर्मीले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरूले पनि आक्रमण गर्ने उहाँले चेतावनी दिएका थिए ।

टर्कीका सुरक्षाकर्मीविरुद्ध फेरी अर्को आक्रमण भए कुनै सङ्कोचबिना टर्कीका सुरक्षाकर्मीहरूले सिरियाका सुरक्षाकर्मीहरूलाई आक्रमण गर्ने उनले बताएका थिए ।

Loading...