सुनसरी, १ फागुन । सुनसरीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका ५ ठिङ्गावारीमा ट्याक्टरको चक्काले किचेर स्थानीय बुद्धराज लिम्बुको मृत्यु भएको हो ।
बिहीबार दिउँसो ३ बजे किसानचोकबाट ठिङ्गावारी जाँदै गरेको को ५ त ७८४३ नम्बरको ट्याक्टरमा चढेर जाँदै गरेको लिम्बुको ट्याक्टरमा ब्रेक लगाउँदा उछिट्टिएर किच्दा मृत्यु भएको हो ।
४२ वर्षीय लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
ट्याक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको छ ।