इटहरीका विद्यार्थीहरुलाई करियर काउन्सिलिङ्ग दिँदै उपमहानगर

इटहरी, १ फागुन । इटहरी उपमहानगरले विद्यार्थीहरुको लागि विशेष कार्यक्रम सुरु गरेको छ ।

विद्यार्थीहरुलाई आफ्नो क्षमता आफै पहिचान गरी भविष्यमा के वन्ने भन्ने निर्णय गर्न सक्ने बनाउन करियर काउन्सिलिङ्ग गर्न थालिएको हो ।

उपमेयर लक्ष्मी गौतमका अनुसार अहिले यो कार्यक्रम इटहरीका पाँच वटा विद्यालयमा संचालित छ । उनले प्रत्येक विद्यालयका दुई जना शिक्षकहरुलाई तालिम दिएर फोकल पर्सन नियुक्त गरिएको बताइन् ।

कक्षा ९ र १० का विद्यार्थीहरुलाई काउन्सिलिङ्ग गरिन्छ । उपमहानगर शिक्षा शाखाकी अघिकृत उमा दाहालका अनुसार ९ कक्षाका विद्यार्थीहरुको बढीमा ३५ जनाको समूह वनाएर ६ वटा सेसनमा काउन्सिलिङ्ग गरिन्छ ।

१० कक्षामा पुर्नताजगी गरेपछि विद्यार्थीहरु आफ्नो क्षमता पहिचान गरी भविष्यमा के वन्ने भन्ने निर्णय गर्न सक्ने छन् ।

स्वीस सरकार, सीटीइभीटी, हेल्भेसटास र इन्स्यूर परियोजनाको सहयोगमा इटहरी उपमहानगरले यो कार्यक्रम संचालन गरेको हो ।

यो कार्यक्रम संचालित विद्यालयका प्रधानाध्यापक, फोकलपर्सनहरु र सरोकारवालाबीच बिहीबार इटहरीमा वैठक सम्पन्न भएको छ ।

Loading...