उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा विराटनगरका किशोर प्रधानको उम्मेदवारी घोषणा

विराटनगर, १ फागुन । उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि विराटनगरका उद्योगी किशोर प्रधानले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार विराटनगरमा औपचारिक कार्यक्रम आयोजना गरी वर्तमान कार्य समितिमा उपाध्यक्ष रहेका प्रधानले आगामी निर्वाचनका लागि बरिष्ठ उपाध्यक्षमा आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रधानलाई भावी अध्यक्ष तथा वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सहित पुर्वअध्यक्षहरु पशुपति मुरारका, कुशकुमार जोशीसहित बिभिन्न २९ उद्योग वाणिज्य संघका अध्यक्षहरुले सर्मथन गरेका छन् ।

घोषणा सभामा २९ उद्योग बाणिज्य संघका अध्यक्षहरुले उम्मेदवार किशोर प्रधानलाई सर्मथन गरेको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरियो ।

उद्योग वाणिज्य महासंघ लामो समयदेखि विधिको हैन व्यक्तिको शासनमा चलेकोले अव मुक्त्त गराउन बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई सर्मथन गर्नु आवश्यक भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।

उद्योग संगठन मोरङको पुर्व अध्यक्ष सुशील धनावतले महासंघलाई तानाशाही सरकारले घेराबन्दीमा उद्योग बाणिज्य महासंघ फस्टाउन नसक्ने भन्दै त्यसका बिरुद्ध स्वतन्त्र उम्मेदवारहरुलाई जिताएर नेतृत्वमा पुरयाउन आग्रह गरे ।

बिहीबार विराटनगरमा सम्पन्न घोषणा सभामा विराटनगरमै कार्यालय रहेको नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेश समितिका पदाधिकारीहरुको भने उपस्थिती थिएन् ।

आगामी निर्वाचनका लागि उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा अर्का उपाध्यक्ष चन्द्र ढकालले आप्mनो उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाललाई पुर्वअध्यक्ष चण्डीप्रसाद ढकालको समुहले सर्मथन गरेको छ ।

विराटनगर महानगरपालिका १० तीन टोलीया घर भएका बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान २०५१ सालमा उद्योग संगठन मोरङको अध्यक्ष भएका थिए ।

प्रधान उद्योग वाणिज्य महासंघको गत निर्वाचनमा उपाध्यक्ष पदमा पराजित भएका थिए । तर उनलाई पछि पुन उपाध्यक्ष पदमा मनोनित गरिएको थियो ।

उद्योगी व्ययवसायीहरु मात्र नभएर समग्र अर्थतन्त्रको बारेमा जानकारी राख्ने प्रधान सफल अर्थतन्त्रका लागि वकालत पनि गरिरहन्छन ।

देशको बिकासका लागि कृषिमा लगानी बढाउनुपर्छ र कोशी राजमार्ग अन्र्तगतको विराटनगर किमाथाङ्का सडक निर्माण गर्नुपर्छ भन्ने मुख्य मुद्दा उठाउने प्रधान नै हुन । कुनै बेला औषधि उद्योग संचालन गर्ने प्रधान एकताका बैकको कालो सूचीमा परेर पनि चर्चामा आएका थिए ।

विश्व बैंकसँगको साझेदारीमा कृषि परियोजना भित्र्याउन पहल गर्ने र देशभर डुलेर उद्योगी व्यपारीहरुको पक्षमा हक्की रुपले बोलेर हिड्ने व्यक्तिका रुपमा पनि उनी चर्चित छन् ।

उद्योग वाणिज्य महासंघको बिधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रवधान छ । अगामी कार्यकालका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हुनेछन ।

निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा बिजयी हुने ढकाल र प्रधान मध्ये अर्को कार्यकालका लागि स्वत अध्यक्ष बन्नेछन ।

Loading...