birat ribon

मुख्य सडकको निरन्तर अनुगमन गरिने

Neuro
मुख्य सडकको निरन्तर अनुगमन गरिने

पाँचथर, १ फागुन । जिल्ला समन्वय समिति पाँचथरले प्रदेश सरकारबाट निर्माण भइरहेका मुख्य सडकहरुको द्रुत एवं गुणस्तरीय निर्माणका लागि निरन्तर अनुगमन गर्ने भएको छ ।

Padelux insider
cura insider

सडक निर्माणमा प्रयोग भएका सामग्रीको गुणस्तरका विषयमा पटक पटक प्रश्न उठेको र निर्माणका कारण उत्पन्न वातावरणीय प्रभावलाई ख्याल नगरिएको गुनासापछि समितिले अनुगमन थालेको हो ।

निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर तथा मापदण्डका विषयमा जनस्तरबाट व्यापक गुनासो आएको छ । यस्तै सडक निर्माण गर्ने क्रममा वातावरणीय प्रभावलाई बेवास्ता गर्दा दीर्घकालीन समस्या निम्तिनेतर्फ स्थानीयले चिन्ता व्यक्त गर्दै आएका छन् ।

सडक निर्माणका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्ति र वन जङ्गलको संरक्षण हुन नसकेको गुनासोपछि निर्माणाधीन मुख्य सडकहरुको अनुगमन थालिएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले बताए ।

पाँचथरमा प्रदेश नं १ सरकारले करिब ४५ किलोमिटर ग्रामीण सडक कालोपत्रको काम अघि बढाएको छ । यो बाहेक पाँचथरमा १०० किलोमिटरभन्दा बढी सडक स्तरोन्नतिका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

अनुगमन समितिले कालोपत्रसहित अन्य स्तरोन्नतिका आयोजनाहरुको समेत स्थलगत अवलोकन गर्ने पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख ललित चौधरीले बताए ।

jackson ribon