‘म यस्तो गीत गाउँछु २’ ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, १ फागुन । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक सार्वजनिक गरिएको हो ।

ट्रेलरमा पल शाह फिल्ममा एक चर्चित गायक पलको भूमिकामा प्रस्तुत छन् भने अभिनेत्री पूजा पलको गायनको फ्यान छाँया हुन्छिन् ।

पूजा गायन क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्ष गरिरहेकी छन् ।

पल र पूजाको भेट पछि पूजालाई ठूलो गायिका बनाउन पलले गर्ने संघर्ष ट्रेलरमा देखाइएको छ ।

सार्वजनिक गरिएको ट्रेलरबाट पूजा र पलको प्रेममा आउने उतार–चढावमा फिल्म केन्द्रित रहेको देखिन्छ ।

फिल्ममा पल र पूजाका साथ हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय छ ।

शिवम अधिकारी र दिनेश न्यौपानेको कथामा तयार भएको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठको सम्पादन गरेका हुन् ।

फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन् ।

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई यसपटक सांगीतिक कथावस्तुमा निर्माण गरिएको छ ।

प्रेम कथामा आधारित भएर निर्माण फिल्ममा सुदर्शन र पूजा शर्मा निर्माता हुन् भने जन्मजय साम्पाङ राई फिल्मको सह–निर्माता हुन् ।

फिल्ममा समावेश पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ र सनिष श्रेष्ठको स्वरमा रहेको ’दुखको काँडा’ ले युटुबमा दर्शकहरूको माया पाइरहेको छ ।

फिल्मको प्रदर्शन मिति परिवर्तन भएको छ भने फिल्मअब ३० फाल्गुनबाट प्रदर्शन हुने भएको छ ।

Loading...