प्रेम दिवसमा डेटिङ जाँदा बिल कसले तिर्ने ?

विराटनगर, १ फागुन । प्रेम दिवसका दिन अधिकाशं जोडीहरू डेटिङ जाने गरेको देखिन्छ ।

प्रेम दिवसको दिन सामान्य दिन जस्तो गरिने भेटघाटलाई डेटिङ भनेर उक्त दिन खाएको खानपान तथा खर्चको बिल प्रायः पुरुषले नै तिर्ने गरेको पाइएको छ ।

कतिपय अवस्थामा डेटिङमा खर्च भएको बिल पुरुषले नै तिर्नुपर्ने मान्यता रहँदै आएकोले होस् वा महिलाको तुलनामा रोजगारमा बढी पुरुष भएकोले पुरुषहरूले बिल गरेका हुन्छन् ।

तर, बिल कसले तिर्नुपर्छ भन्ने प्रश्नले वा पुरुषले मात्र पैसा तिर्नुपर्ने भएकोले मानिसहरू प्रेम गर्नसमेत डराउँछन् ।

अहिले समाजमा महिला र पुरुष बराबर छन् भन्ने सोचको विकास भइरहेको बेला डेटिङमा सकेसम्म दुवै जनाले बिल तिर्नुपर्छ ।

डेट गरेको हरेक खर्चको आधाआधा गर्नु भन्दा पनि एक पटकको कुनै एक (प्रेमी अथवा प्रेमिका) ले बिल तिर्ने राम्रो मानिन्छ ।

यस्तो गर्दा डेटमा कोही एक जनाको मात्र खर्च हुँदैन ।

साथै, पैसा तिरेका कारण कुनै स्वार्थपूर्ति गर्नबाट समेत बचाउन सक्छ ।

तर, पैसा तिर्ने पर्छ भन्दैमा जागिर नभएको वा पैसा नभएको अवस्थामा बिल तिर्नुपर्छ भन्ने पनि होइन ।

जोसँग पैसा छ उसैले बिल तिर्दा हुन्छ ।

यसो गर्दा माया र सम्मान बराबर हुने गर्छ ।

प्रेम दिवस नजिकिँदै गर्दा कतिपय प्रेमिकाहरू डेटमा गएको बेला प्रायः आफ्ना प्रेमीलाई खर्च गराउन लगाउँछन् ।

साथै सपिङ र आफ्नो मनपरेको सामानहरूसमेत उपहार स्वरुप किन्न लगाउँछन् ।

तर, यसो गर्दा पुरुषलाई आर्थिक भार पर्नुका साथै आफ्नो प्रेमिका प्रतिको भावना पनि नकारात्मक बानेर जान सक्ने हुन्छ ।

पुरुषले यस्तो प्रकारको खर्च गरेपछि त्यसबाटै आफ्नो स्वार्थ पूरा गर्न प्रेमिकालाई विभिन्न खालको दबाबसमेत दिने गरेको पाइन्छ ।

त्यसैले डेटमा रहेको बेला प्रेमीको चाहना बाहिर गएर कुनै वस्तु खरिदका लागी दबाब दिनु र हरेक पल्ट पुरुषलाई मात्र खर्च गराउनु राम्रो हुँदैन ।

Loading...