रियल मड्रिडलाई हराउन नसके ग्वार्डीओला बर्खास्त हुन सक्ने

एजेन्सी, १ फागुन । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिडविरुद्धको खेल जित्न नसके आफू बर्खास्तमा पर्नसक्ने बताएका छन् ।

sdf

‘स्काई स्पोर्ट्स’सँगको कुराकानीका क्रममा ग्वार्डीओलाले रियल मड्रिडलाई हराउन नसके आफू बर्खास्त हुन सक्ने जनाएका हुन् ।

सिटीले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को खेलमा रियलको सामना गर्नेछ ।

२६ फेब्रुअरीमा सिटीले रियलसँग उसैको मैदान सान्टियागो बर्नाबेउमा खेल्नेछ ।

पहिलो लेगको खेल रियलको मैदानमा हुनेछ भने दोस्रो लेगको खेल सिटीको मैदानमा हुनेछ ।

प्रशिक्षक ग्वार्डीओलाले रियलविरुद्ध जित निकाल्न नसके आफू बर्खास्तीमा पर्नसक्ने जनाएका हुन् ।

‘म च्याम्पियन्स लिग जित्न चाहन्छु । मैले यो सपना देखिरहेको छु । र, अब आगामी २ सातापछि हुने रियलविरुद्धको खेलका लागि तयारी गर्न पाउँदा खुशी छु ।’

रियलविरुद्ध जित निकाल्न नसकेको खण्डमा सिटीका अध्यक्ष वा खेल निर्देशकले आफूलाई बिदा दिन सक्ने उनले बताए ।

‘यदि, हामीले उनीहरूलाई हराउन सकेनौं भने अध्यक्ष वा खेल निर्देशक आएर भन्नेछन्, म तपाईंलाई बर्खास्त गर्दैछु,’ उनले भने ।

Loading...