Rumpum

Rumpum Advertisement

यस्ता खानेकुराको अत्यधिक सेवनले झर्छ कपाल

यस्ता खानेकुराको अत्यधिक सेवनले झर्छ कपाल

विराटनगर, १ फागुन । कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य समस्या बनेको छ ।

कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ, जसमा उमेरसँगै शरीरमा लाग्ने रोग, वातावरण तथा वंशानुगत कारणका साथ साथै खानपिन र केमिकलयुक्त सामग्रीहरूको प्रयोग बुझिन्छ ।

त्यस्तै, मानिसहरूले दैनिकजसो रूपमा खाने केही खानाहरू धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसञ्चार कम हुन गइ तीब्र गतीमा कपाल झर्ने हुन्छ ।

पेस्ट्रीज र केक, रिफाइन्ड फूड, पिज्जा, पाउरोटी, पास्ता, जंक फुड तथा मैदाले बनेका खानेकुराको सेवनले यसमा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ र यसको सेवनले शरीरमा चिनीको मात्रा बढाएर एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ ।

शरीरमा चाहिएभन्दा उक्त हर्मोन धेरै भएको खण्डमा तीब्र रूपमा कपाल झर्न थाल्छ ।

धेरै मात्रामा गुलियो चकलेट तथा मिठाइको सेवनरगतमा चिनीको मात्रा बढ्दै गएमा हेयर फोलिकल खुम्चिने हुँदा कपाल धेरै झर्ने गर्छ ।

तारेका खानेकुरामा हुने अत्यधिक तेलका कारण टाउकोको कपालको प्वाल बन्द हुन जान्छ जसले कारण कपाल तीब्र रूपमा झर्छ ।

दैनिकजसो खाने आलुमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाएर कपाल धेरै झार्छ ।

त्यस्तै, आलुबाट बनेको फ्रेन्च फ्राइमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जरालाई पोषण पाउन दिँदैन र कपाल झर्न सुरु गराउँछ ।

त्यस्तै, रक्सीको सेवनले शरीरमा जिंकको शेचन स्लो बनाएर कपाल अत्यधिक झार्छ ।

कार्बोनेटेड ड्रिङ्क्स, सोडा, कोक, पेप्सी जस्ता ड्रिङ्क्समा अत्यधिक चीनि र एसिडिक क्वालिटी हुन्छ जसले कपाल धेरै झार्छ ।