‘आमा’लाई सेन्सर बोर्डबाट उत्कृष्ट प्रतिक्रिया

विराटनगर, १ फागुन । ९ फागुनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आमा’लाई सेन्सर बोर्डबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

फिल्मले सेन्सरमा समेत उत्कृष्ट प्रतिक्रिया पाएपछि फिल्मका निर्देशक दीपेन्द्र के खनाल फिल्मले दर्शकको मन अवश्य जित्ने कुरामा उत्साहित छन् ।

a

दीपेन्द्रले ‘पशुपति प्रसाद’ बनाउँदा जुन खालको प्रतिक्रिया सेन्सरबाट पाएका हुन् ‘आमा’बाट पनि यस्तै प्रतिक्रिया पाएका छन् ।

सेन्सरका सदस्यहरू फिल्म उत्कृष्ट बनेको र फिल्म हेर्दा अधिकांश सदस्यका आँखा रसाएको भन्दै प्रतिक्रिया दिएका छन् ।

फिल्मको ट्रेलर र सार्वजनिक भएको एउटा गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्म‘आमा’ ले एक आमा र छोरीको सम्बन्धको कथामा आधारित रहेको छ ।

फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्तले निर्वाह गरेकी छन् ।

फिल्ममा मिथिला र सुरक्षाका साथ देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

काठमाण्डौ र रामेछापमा छायांकन भएको फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् ।

Loading...