आधा घण्टा मात्र व्यायामले हृदयरोग कम गरी आयु बढाउने

विराटनगर, १ फागुन । दिनको आधी घण्टा मात्र व्यायामले पनि मानिसको आयु बढ्ने देखिएको छ ।

चिकित्सा क्षेत्रको प्रसिद्ध म्यागेजिन लसेन्टमा प्रकाशित गरिएको क्यानडामा भएको एक अध्ययनले घन्टौं व्यायामको साटो दैनिक केवल आधा घन्टाको व्यायामले पनि शरीर तन्दुरुस्त हुने र मानिसको आयुसमेत बढ्ने देखाएको हो ।

आधा घन्टाको शारीरिक गतिविधिले कुनै साइड इफेक्टविना नै स्वस्थ महसुस गर्न सकिन्छ ।

उक्त अध्ययनको रिपोर्टअनुसार सातामा नियमित ६ दिन आधा घन्टाको व्यायाम गर्दा मुटुसम्बन्धी समस्या कम भएर जान्छ ।

यसले कम उमेरमै हुने मृत्युको जोखिम कम हुने हुँदा मानिसको उमेर बढ्नेसमेत अध्ययनले निष्कर्ष निकालेको छ ।

‘डब्लूएचओ’का अनुसार १८ देखि ६४ वर्ष उमेर समूहकाले सातामा कम से कम एक सय ५० मिनेटसम्म मध्यम किसिमको ऐरोविक गर्नुका साथै दुई पटक मांसपेशीलाई बलियो बनाउने किसिमको व्यायाम गर्नुपर्छ ।

अध्ययन रिपोर्टका अनुसार शारीरिक गतिविधिअन्तर्गत जिम जानु, कार्यस्थलको लागि पैदल हिँड्नु र घरको काम समावेश गर्न सकिन्छ ।

अनुसन्धानकर्ताले १७ देशका एक लाख ३० हजार मानिसमाथि गरेको अनुसन्धान र अध्ययनबाट निष्कर्ष निकालेको हो ।

अध्ययन टोलीको प्रमुख तथा क्यानडाको सेन्ट पल्स अस्पतालका प्रोफेसर स्कट लियरले दैनिक आधा घण्टाको व्यायामले मात्र पनि हृदय रोगको खतरालाई कम गर्ने बताएका छन् ।

Loading...