Rumpum

Rumpum Advertisement

पिङ खेल्ने क्रममा ९ वर्षीया बालिकाको मृत्यु

पिङ खेल्ने क्रममा ९ वर्षीया बालिकाको मृत्यु

भोजपुर, १ फागुन । भोजपुरमा पिङ खेल्ने क्रममा ९ वर्षीया बालिकाको मृत्यु भएको छ ।

भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–७ बतासे बस्ने भाइराज राईकी ९ वर्षीया छोरी निशाना राईको मृत्यु भएको हो ।

बुधवार दिउँसो २ बजेको समयमा आफ्नै घरमा बनाएको तन्नाको पिङमा खेल्ने क्रममा अचानक तन्ना घाँटीमा बेरिँदा बालिकाको मृत्यु भएको प्रहरी चौकी कोटले जनाएको छ ।

प्रहरीका अनुसार पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।