मोटरसाइकल दुर्घटनामा परी श्रीमतीको मृत्यु, श्रीमान घाइते

सुनसरी, १ फागुन । सुनसरीमा मोटरसाइकल दुर्घटनामा परी दुर्घटनामा परी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

बुधबार दिउँसो ३ बजेको समयमा भोक्राहा नरसिंह गाउँपालिका–८ सोनीयाई टोलमा मोटरसाइकल दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४० वर्षीया सवितादेवी यादवको मृत्यु भएको हो ।

यसैगरी चालक स्थानीय ४५ वर्षीय शिवनारायण यादवको घाइते भएका छन्

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको स३ प ७०१२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

जसमा चालक यादव र उनकै श्रीमती सवितादेवी घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारको लागि विराटनगरको न्यूरो अस्पताल पठाइएकोमा उपचारको क्रममा सवितादेवी यादवको अपरान्ह पौने ५ बजे मृत्यु भएको हो ।

Loading...