कोरोना प्रकोप : एकै दिन २ सय ४२ जनाको मृत्य, संक्रमितको संख्या ६० हजार पुग्यो

विराटनगर, १ फागुन । कोरोना भाइरसको संक्रमणबाट चीनमा एकै दिन २ सय ४२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बुधबार मात्र हुबेई प्रान्तमा २ सय ४२ जनाको मृत्यु भएको हो ।

योसँगै मृत्यु हुनेको संख्या एक हजार ३ सय ५० पुगेको छ । ६० हजार भन्दा बढीमा संक्रमण देखिएको छ । मंगलबार ९४ जनाको मात्र मृत्यु भएको थियो । संक्रमित हुनेको संख्या पनि बढेको छ ।

बुधबार १४ हजार ८ सय ४० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको बीबीसीले जनाएको छ । हुबेईमा मात्रै संक्रमितको संख्या ४८ हजारभन्दा माथि छ ।

तीमध्ये ३३ हजार अस्पतालमा छन् । चीनबाहिर ५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । करिब ६ हजार उपचारपछि घर फर्किएका छन् ।

Loading...