पत्रपत्रिकामा देश : नेपाल ट्रष्टको १७३ रोपनी जग्गामा मोही, चारजहजार सुरक्षाकर्मी घरेलु कामदार

पुरा भएन प्रधानमन्त्रीका वाचा

विराटनगर, १ फागुन । नेपाल ट्रष्टको सम्पतिमा कसैको हकदाबी नलाग्ने कानुनी व्यवस्था छ । तर बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला नेपाल ट्रष्टको १७३ रोपनी जग्गामा मोही हक लगाएको पाइएको छ ।

भट्टराई नेतृत्वको सरकारले स्वर्गीय पूर्व राजा बिरेन्द्र र उनको परिवारको नाममा रहेको १७३ रोपनी जग्गा मन्त्री परिषदको निर्णयबाट २०६९ सालमा छानविन गरी मोहीका नाममा दर्ता गर्ने निर्णय गरेको हाे ।

१ पुस २०६४ मा सो जग्गा नेपाल ट्रष्टको नाममा ल्याइएको थियो । ११ भदाैं २०६९ सालमा जग्गामा मोही कायम गरेकाे खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रधानमन्त्री केपी शर्मा आली नेतृत्वमा गठन भएकाे सरकारले वाचा अनुसार काम नगरेकाे पाइएको छ । सरकारले दुई वर्ष भित्र गर्ने भनेका कामहरु कार्यान्यन नभएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

राजस्व र खर्चमा सरकार कमजोर देखिएको छ । मुलुकको आर्थिक सुचाङ्क अनुकुल भएपनि सरकारको खर्च गर्ने क्षमता नबढेको हो । दुई तिहाई बहुमतको सरकार राजस्व र खर्चमा कमजोर भएको खबर आजको नागरिक दैनिकमा छ ।

चारजहार सुरक्षाकर्मी घरेलु कामदारको रुपमा प्रयोग भएको पाइएको छ । नेपाल प्रहरीका एक हजार ५ सय, नेपाली सेनाका एक हजार र सशत्र प्रहरीका एक हजार ५ सय घरेलु कामदारका रुपमा प्रयोग भएका हुन् ।

राज्यबाट सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिमको भाडा माझ्नेदेखि बारी खन्ने काममा प्रयोग गरेको पाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

अमेरिका माथी नेपालले सानदार जित निकालेको छ । बुधबार घरेलु मैदानमा भएको खेलमा नेपालले सानदार जित निकालेको खबर आजका पत्रपत्रिकाहरुले प्रकाशित गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक जनयुद्ध दिवसमा सहभागि हुने भएका छन् । आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना हुने कार्यक्रममा ओली सहभागि हुने भएको खबर नागरिक दैनिकमा छ ।

Loading...