कोपा इटालिया : युभेन्टस र एसी मिलान भिड्दै

विराटनगर, १ फागुन । कोपा इटालियाअन्तर्गत आज सर्वाधिक १३ पटको च्याम्पियन क्लब युभेन्टसले एसी मिलानसँग खेल्दैछ ।

सेमिफाइनलको पहिलो लेगमा युभेन्टस र मिलानले खेल्न लागेका हुन् । मिलानको मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति १ः३० बजेबाट सुरु हुनेछ ।

जसमा दुवै टोली एक अर्कालाई हराउँदै फाइनल प्रवेशका लागि बलियो बन्ने दाउमा हुनेछन् ।

मिलानले टोरिनोविरुद्ध जित निकाल्दै सर्वाधिक धेरै पटकको विजेता टोली युभेन्टससँग भेट पक्का गरेको हो ।

युभेन्टसले भने रोमालाई क्वार्टरफाइनलमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

दोस्रो लेगको खेल युभेन्टसको मैदानमा हुनेछ । दोस्रो लेगको खेल भने ४ मार्चमा हुनेछ ।

मिलानविरुद्धको खेलका लागि युभेन्टसका प्रशिक्षक माैरिजियो सार्रीले स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डो, पाउलो डेबाला, गोन्जालो हिगुइन, आरोन राम्से, डग्लस कोस्टालाई टोलीमा राखेका छन् ।

Loading...