कोपा इटालिया : इन्टर मिलानलाई नापोलीले उसैको मैदानमा हरायो

विराटनगर, १ फागुन । कोपा इटालियाअन्तर्गत नापोलीले इन्टर मिलानमाथि जित निकालेको छ ।

बुधबार भएको सेमिफाइनलको पहिलो लेगको खेलमा नापोलीले इन्टरमाथि १–० गोलका जित निकालेको हो ।

इन्टर मिलानकै मैदानमा भएको खेलमा नापोलीलाई जिताउन फाबियन रुइज पेनाले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औं मिनेटमा पेनाले गोल गर्दै नापोलीलाई जिताए ।

अब फाइनलका लागि नापोलीले आफ्नै मैदानमा इन्टरलाई निम्त्याउँदैछ । यो खेल ५ मार्चमा हुनेछ ।

Loading...