ऐतिहासिक उपाधि जित्ने दाउमा आर्मी र मछिन्द्र, कसले मार्ला बाजी ?

काठमाडौं, १ फागुन । कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार उपाधि भिडन्त हुँदैछ ।

रोमाञ्चक बनेको उपाधि होडमा आज विभागीय क्लब त्रिभुवन आर्मी र मछिन्द्र क्लबले उपाधिका लागि खेल्दैछन् ।

यो खेल शनिबार दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

जुन खेलले लिगको उपाधि छिनोफानो गर्नेछ । यस खेलमा दुवै क्लब ऐतिहासिक उपाधि उचाल्ने दाउमा छन् ।

यी दुवै क्लबले अहिलेसम्म ए डिभिजन लिगको उपाधि जित्न सकेका छैनन् ।

यस खेलमा लिगमा शीर्ष स्थानको आर्मीलाई बराबरी नै काफी छ भने मछिन्द्रलाई जितको आवश्यक पर्नेछ ।

आर्मीले १२ खेलमा २९ अंक बनाएको छ भने समान खेल खेलेको मछिन्द्रसँग २८ अंक छ ।

मछिन्द्रले अघिल्लो सिजन विना रेलिगेशनको लिगमा अन्तिमबाट दोस्रोमा रहँदा १ अंक गुमाएको हो ।

मछिन्द्रका लागि राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरले पनि खेल्नेछन् । उनी हालै मात्र मछिन्द्रमा अनुबन्धित भएका छन् ।

Loading...