विपक्षी पोस्टमा आधा दर्जन गोल लगाउँदै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

विराटनगर, १ फागुन । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको क्वार्टरफाइनल खेलमा डिजोन एफसीओविरुद्ध ६–१ गोलान्तरको फराकिलो जित निकाल्दै पीएसजी अन्तिम चारमा पुगेको हो ।

पीएसजीलाई जिताउन पाब्लो सराबियाले २ गोल गरे भने किलियन एम्बाप्पे, थियागो सिल्भाले समान एक–एक गोल गरे ।

पीएसजीले २ वटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

डिजोनका वेस्ले लाउटो र सेनेओ कौलीबालीले आफ्नै पोस्टमा गोल गरेका थिए ।

पीएसजीले खेलको सुरुआती मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो ।

डिजोनका वेस्ले लाउटोले आतम्घाती गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

यस्तै खेलको १३औं मिनेटमा डिजोन मौनियरले गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेदको ४४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई २–१ गोलले अगाडि बढाए ।

यस्तै खेलको ५०औं सिल्भाले र ५५औं मिनेटमा सराबियाले गोल गरेपछि पीएसजीले ४–१ गोलको अग्रता बनायो ।

खेलको ८६औं मिनेटमा डिजोनका कौलीबालीले आत्मघाती गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाइदिए भने इन्जुरी समयमा सराबियाले गोल गर्दै पीएसजीलाई ६–१ गोल अन्तरको जित दिलाए ।

Loading...