Rumpum

Rumpum Advertisement

समाजबाद असफल भएको छैन

समाजबाद असफल भएको छैन

विराटनगर , २९ माघ । नेकपाका केन्द्रिय नेता राम कार्कीले समाजबादको केही प्रयोगहरु असफल भएपनि समाजबाद असफल नभएको बताएका छन ।
कोशी साँस्कृतिक प्रतिष्ठानले २५ औ जनयुद्ध दिवसको अवसरमा बुधबार आयोजना गरेको साँस्कृतिक कार्यक्रममा बोल्दै नेता कार्कीले समाजबाद परिविर्तनाको सोच र आजको आवश्कता भएकोले छिटपुट प्रयोग असफल हुदैमा असफल नहुने बताए । उनले बर्तमान पुस्ताहरु प्रयोगमा असफल भएपनि भावि पुस्ताले समाजबाद ल्याएरै छाडने भबिश्यबाणी गरे ।


उनले पुँजीबादले सधै एकल स्वार्थलाई महत्व दिने तर समाजबादीले सामुहिक हितलाई प्रेरित गर्ने भएकोले देखावटी दयामायाको भीखमा पाएको सुबिधालाई समाजबाद भन्नु भुल हुन्छ भने ।उनले देशको स्वास्थ्य , शिक्षा र रोजगारमा आमुल परिवर्तन नभएसम्म समाजबाद आउन नसक्ने जानकारी गराए ।उनले भने समाजबादको सपना देख्ने हामी असफल भयौ भने , हाम्रो हिसावगरेर समाजबाद ल्याउन नयाँ पुस्ता सक्रृय हुनेछ ।,
पुर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद कार्कीले समाजबादकालागि सुरु भएको जनयुद्ध उडदाउडदै झरेको बिमान जस्तै भएको भन्दै अपुरो सपना नयाँ पुस्ताले पुरा गरेरै छाडने बिश्वास लिए। उनले बर्तमान समय बरुदको नभएर बिचारको भएको बताए । उनले भने , यो बेला बन्दुक हैन बिचार दिन सके समाजबाद ल्याउन सहयोग पुग्छ ।,


कार्यक्रममा एक नम्बर प्रदेश सरकारका अर्थमामिला तथा योजना मन्त्री ईन्द्रआंग्बो लगायतले समाजबादकालागि शहिदले देखेको सपना पुरा नगरे जनताको श्राप लाग्ने बताए ।
जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा कलाकारहरुले जनयुद्धको स्मरण गराउदै गीत नृत्य र प्रहसन प्रस्तुत गरेका थिए ।