निजी क्षेत्रको सुझाव अनुसार नीति बन्छ – कुसियैत

विराटनगर, २९ माघ । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले नीजि क्षेत्रको सल्लाह र सुझाव अनुसार नै प्रदेश सरकारले उद्योग व्यवसाय सम्बन्धि नीति तथा कानुन तयार गर्ने बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को समन्वयमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको उद्योगी व्यवसायीको क्षमता अभिबृद्धि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले निजी क्षेत्रको सुझाव अनुसार ऐन निर्माण गर्ने बताए ।

बुधबारबाट सुरु प्रदेश स्तरीय प्रशिक्षण बिहीबारसम्म चल्नेछ । उद्घाटनका क्रममा मन्त्री कुसियैतले निर्यात बृद्धिका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्न तत्पर रहेको बताए । बैदेशिक व्यापार सहजीरकणका लागि प्रदेश सरकारले बानाउनुपर्ने कानुन तथा नीतिका विषयमा पनि प्रशिक्षणमा छलफल हुनुपर्ने उनले बताए ।

प्रदेश १ कृषिजन्य बस्तु उत्पादनमा अब्बल भए पनि बस्तु छनोट तथा ब्राण्डीङमा पछि परेका कारण तुलनात्मक लाभका बस्तुहरू उत्पादन गर्ने र निर्यात क्षमता बढाउन आबश्यक रहेको मन्त्री कुसियतले बताए ।

उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यबाहक अध्यक्ष लिलम बस्नेतले स्वदेशमै उत्पादित बस्तुले आयात प्रतिस्थापन गर्नु आबश्यक रहेको बताए ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सह सचिव महेश आचार्यले दुनियामा निर्यात गर्न सक्ने देशले मात्रै आर्थिक विकास गर्नसक्ने भएकाले आर्थिक समृद्धिका लागि निर्यात आबश्यक रहेको बताए ।

दुई दिनसम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ अन्तरगत रहेका उद्योग वाणिज्य संघका अध्यक्ष एंव प्रतिनिधिहरु गरी ४० जनाको सहभागिता छ ।

Loading...