‘धुलो’ को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

विराटनगर, २९ माघ । फिल्म ‘धुलो’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो ।

फिल्म १६ फागुनमा प्रदर्शनमा आउने पक्का भएको छ ।

मंगलवार सार्वजनिक गरिएको फिल्मको पोस्टरमा फिल्मका प्रमुख कलाकार बद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बालाई देख्न सकिन्छ ।

प्रद्युम्न मिश्रले डेब्यु निर्देशन रहेको फिल्मलाई रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई सामाजिक विषयवस्तुमा आधारित गरेर निर्मण गरिएको हो ।

फिल्ममा यी ३ कलाकारहरूका साथै प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको फिल्ममा विशेष भूमिका रहेको छ ।

रविन आचार्यको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्ममा लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता र दीपा धरेल सह निर्माता रहेकी छन् ।

सुवास सिंह बस्न्यातको लेखनमा तयार भएको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले मिलेर गरेका हुन् ।

Loading...