Rumpum

Rumpum Advertisement

दिमाग तेज गर्न र छालामा चमक ल्याउन पिस्ता

दिमाग तेज गर्न र छालामा चमक ल्याउन पिस्ता

विराटनगर, २९ माघ । ड्राई फ्रुटसको रूपमा प्रयोग गरिने पिस्ता स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

पिस्तामा आइरन, पोटासियम, फासफोरस, म्याग्नेसियम तथा भिटामिन ‘बी’ प्रशस्त मात्रामा पाइन्छ ।

पिस्तामा पाइने फिटोसटेरोल्स नामक तत्वले मासुबाट प्रदान हुने शक्ति र प्रशस्त प्रोटिन दिने हुँदा पिस्तालाई माछा मासुको सट्टामा पनि प्रयोग गर्न सकिन्छ ।

पिस्ताको नियमित सेवनले साकाहारी तथा मांसाहारी दुवै प्रकारका मानिसहरूलाई फाइदा पुगाउने गर्छ ।

पिस्तामा न्यून मात्रामा कार्बोहाइड्रेट तथा क्यलारी पाइने हुँदा यसको सेवनले शरीरको बोसोलाई पगालेर शरीरको तौललाई नियन्त्रण राख्न मद्दत पुर्‍याउँछ ।

दिनको दुईदेखि ३ वटा पिस्ताको नियमित सेवनले मानव मस्तिष्क तेज हुनुका साथै रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ ।

पिस्ताको सेवनले खराव कोलस्ट्रोललाई सोस्ने काम गरेर शरीरमा राम्रो कोलेस्ट्रोलको मात्रा बढाउने गर्छ ।

पिस्तामा अत्यधिक मात्रामा फाइबर हुन्छ, जसले पचान प्रक्रियालाई सक्रिय बनाएर अपच र कब्जियतको समस्यालाई हटाउँछ ।

पिस्ताले शरीरमा कार्बोहाइड्रेटको मात्रालाई नियन्त्रणमा राखेर रगतमा भएको चिनीको स्तरलाई घटाउने काम गर्छ ।

पिस्ताले शरीरमा ब्लड लिपिडको स्तरलाई सन्तुलित राख्ने, श्वास प्रक्रियालाई सक्रिय गर्ने, शरीरमा ऊर्जा थप्ने, रक्तकोषिका निर्माण गर्ने, उक्त रक्तचाप तथा विभिन्न मुटुसम्बन्धी समस्यामा मद्दत पुर्‍याउँछ ।

पिस्ताको सेवनले मुटुको धड्कनलाई नियमित बनाएर आँखाको ज्योतिलाई बलियो बनाउन, शरीरमा भएको विषादी नाश गर्न, फोक्सोको समस्या तथा क्यान्सर हुने सम्भावना कम गराउँछ ।

पिस्ताको सेवनले छालालाई घामको किरणले गरेको ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपन जस्ता समस्या हुन दिँदैन ।