‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर, २९ माघ । ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मुसुक्कै हाँसन माया’ बोलको गीतलाई सार्वजनिक गरिएको हो ।

बब्लु गिरीको शब्द, स्वर तथा संगीतमा तयार भएको गीतमा जुन रिजालले गायनमा साथ दिएकी छन् ।

सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटीको प्रस्तुति रहेको छ ।

गीतमा दिलीप प्रियंका र सलोन वर्षालाई जोडीको रूपमा देखाइएको छ ।

गीतको अडियो र भिडियो दुवै बलियो भएको कारण गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेल्ने देखिन्छ ।

फिल्ममा यी ४ कलाकारहरूका साथै किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशील पोखरेल, मनिषा श्रेष्ठलगायतलाई देख्न सकिन्छ ।

कविराज गहतराजले कोरियोग्राफ गरेको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् भने भिडियोलाई मीत्र डी गुरुङले सम्पादन गरेका हुन् ।

फिल्म चैत्र २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

शिवहरिको लेखनमा तयार भएको फिल्ममा उनलाई किरण केसी र दीलिप रायमाझीले निर्माणमा साथ दिएका छन् ।

लामो समय टेलिसिरियल निर्माणमा लागेका शिवहरिले आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा रहेर निर्माण हुने फिल्ममा पारिवारिक तथा कमेडी कथावस्तुलाई उठाउने र रियालिटी बेसमा कमेडी फिल्म बनाउने प्रयास गरेका छन् ।

Loading...