ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु, एक घाइते

विराटनगर, २९ माघ । मोरङको बेलबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

बुधबार बिहान पौने १० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख८६८० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को४०प ११७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनाबाट स्कुटर चालक बेलबारी नगरपालिका–१ का ५५ वर्षीय नरबहादुर खड्का र सोही स्कुटरमा पछाडि सवार रहेका ५९ वर्षीय दिलबहादुर खड्का घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल पठाइएको थियो ।

उपचारको क्रममा दिलबहादुर खड्काको पौने १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

ट्रक र ट्रक चालकलाई प्रहरी चौकी डाँगीहाटले नियन्त्रणमा लिएको छ ।

Loading...