डेभिड बेकह्यामको क्लब जाने नेयमारको संकेत

एजेन्सी, २९ माघ । ब्राजिलियन स्टार नेयमारले डेभिड बेकह्यामको क्लब इन्टर मियामी जाने संकेत गरेका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी नेयमारले हालै दिएको एक अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन् ।

‘ओटीआरओ’ले सार्वजनिक गरेको भिडियोमा म्यानचेस्टर युनाइटेडको पूर्वस्टार बेकह्याम र नेयमारले एक साथ गरेको भलाकुसारी देखाइएको छ ।

जसमा, दुवै जनाले हात मिलाउँदै ‘डिल पक्का’को संज्ञा दिएका छन् ।

उक्त भिडियोमा बेकह्यामले नेयमारलाई ‘लिजेन्ड’ भन्दै उनको तारिफ गरेका छन् ।

यस्तै नेयमारले आगामी १० वर्षभित्रमा बेकह्यामलाई आफ्ना अध्यक्षको रूपमा पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

यस्तै नेयमारले डेभिडसँग अगाडि नै सम्झौता गरिसकेको जानकारी दिएका छन् ।

नेयमारले भनेका छन्, ‘एक दिन म बेकह्यामलाई आफ्ना प्रशिक्षकको रूपमा पाउनेमा ढुक्क छु । उनको खेलाडी भएर खेल्न पाउनु ठूलो अवसर हो ।’

उनले थपे, ‘यसअघि पनि मैले भनिसकेको छु कि मैले डेभिडसँग सम्झौता गरिसकेको छु । आजभन्दा केही वर्षअगाडि । हामी एकसाथ छौं, उनी मेरा अध्यक्ष हुन् ।’

Loading...