Rumpum

Rumpum Advertisement

केजरीवालले १६ फेब्रुअरीमा मुख्यमन्त्रीको सपथ लिने

केजरीवालले १६ फेब्रुअरीमा मुख्यमन्त्रीको सपथ लिने

नयाँ दिल्ली, २९ माघ । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवाल दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका छन् ।

उनले दिल्लीको मुख्यमन्त्रीको सपथ १६ फेब्रुअरीमा लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो ।

सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ ।

आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो ।

दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।

यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए ।

शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय काँग्रेसले पछिल्ला दुवै चुनावमा खाता समेत खोल्न सकेन ।