आँचल शर्माको विवाहको मिति तय

विराटनगर, २९ माघ । अभिनेत्री आँचल शर्माको विवाहको मिति तय भएको छ ।

आँचल र उनका प्रेमी डा. उदिप श्रेष्ठसँगको प्रेम विवाह यहि २९ फाल्गुनमा हुने पक्का भएको हो ।

आँचल र उदिपको विवाह राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा हुने आँचलको परिवारको भनाइ छ ।

विवाहको भोलिपल्ट ३० फाल्गुनमा होटल हायातमा भव्य रिसेप्सनको आयोजना गरिने भएको छ ।

केही समय अगाडि मात्र आँचलले प्रेमसम्बन्ध एक वर्ष पूरा भएको बताउँदै आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने विचार रहेको बताएकी थिइन् ।

एक वर्षसम्म आफ्नो प्रेम लुकाएर राखेका यी जोडीले सार्वजनिक रूपमा नै प्रेम स्वीकार गरिसकेका छन् ।

आँचल र डा. उदिप विवाहको तयारीमा रहेको छ ।

आँचलले अहिले आफू कुनै फिल्ममा व्यस्त नभएको कारणले फागुणमा आफूहरूले बिहे गर्ने जानकारी दिएकी हुन् ।

Loading...