विराटनगरमा प्रदेशस्तरीय अन्तर्राष्ट्रिय शैक्षिक सेमिनार हुँदै

विराटनगर, २९ माघ । ग्रेस इन्टेरनेशल विराटनगर शाखाले एक नम्बर प्रदेशस्तरीय बृहत अन्तरास्ट्रिय शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ ।

विराटनगर शाखा प्रमुख प्रदीप बास्तोलाका अनुसार आगामी ३ फागुनमा ग्रेसले शैक्षिक सेमिनार आयोजना गर्ने भएको हो ।

विभिन्न देशका विश्वविद्यालयलगायत शिक्षासम्बन्धी जानकारी प्रदान गर्न बृहत शैक्षिक सेमिनार आयोजना गर्न लागेको बास्तोलाले जानकारी दिएका छन् ।

उनका अनुसार सेमिनारमा अस्ट्रेलिया तथा यूकेका विश्वविद्यालय प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता हुने भएकाले नेपाली विद्यार्थी तथा अभिभावकले प्रत्यक्ष जिज्ञासा राख्न सक्ने छन्

कार्यक्रममा अस्ट्रेलिया र यूके विश्वविद्यालयका प्रतिनिधिहरूबाट नै कार्यक्रम सहजीकरण हुने हुँदा विद्यार्थीहरूले आफ्ना मनमा लागेका गुनासो तथा प्रश्नहरू उक्त प्रतिनिधिसामु खुलस्त रूपमा राख्न पाउनेछन् ।

कार्यक्रममा अस्ट्रेलियाका टोरेन्स विश्वविद्यालय (टोरेन्स युनिभर्सिटी) र यूकेका लागि स्टडी सेन्टरका प्रतिनिधिको उपस्थिति हुने र सेमिनारमा सहभागी विद्यार्थीलाई छात्रवृतिसमेत उपलब्ध हुने आयोजकले जनाएको छ

ग्रेस इन्टेनेशनल विगत १३ वर्षदेखि गुणस्तरीय, सरल र सहज रूपमा वैदेशिक शिक्षाका लागि विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै आएको छ ।

ग्रेस इन्टरनेशनलले विशेषगरी अस्ट्रेलिया, वेलायत, न्युजिल्यान्ड, अमेरिका तथा अन्य देशहरूका लागि शैक्षिक परामर्श सेवा दिइरहेको छ ।

Loading...