Rumpum

Rumpum Advertisement

ट्याक्टरबाट लड्दा सहचालकको मृत्यु

ट्याक्टरबाट लड्दा सहचालकको मृत्यु

झापा, २९ माघ । झापामा ट्याक्टरबाट लड्दा सहचालकको मृत्यु भएको छ ।

मंगलबार बेलुका ७ बजे झापा शिवसताक्षी लालझोडास्थित भित्री सडकखण्डमा ट्याक्टरबाट लड्दा मोरङ टाँडी बस्ने २३ वर्षीय मनित लिम्बूको मृत्यु भएको हो ।

मे१त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ट्याक्टरका सहचलाक लिम्बु एक्कासी ट्याक्टरबाट लडेर गम्भीर घाईते भएको थिए ।

घाइते उनको बिर्तासटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ ।