नेपालको कीर्तिमानी जित

काठमाडौं, २९ माघ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा पारस खड्काले अविजित २० रन बनाए भदे दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए ।

अमेरिकाका केन्जिगेले २ विकेट लिए ।

टस हारेर ब्याटिङमा उत्रिएको अमेरिका १२ ओभरमा अट आउट हुँदै ३५ रन बनायो ।

Loading...