अमेरिकाविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं, २९ माघ । आईसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङमा उत्रिएको छ ।

जसमा, नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका छन् ।

सन्दीप लामिछानेले अमेरिकाका इयान होल्यान्डलाई आउट गरेका हुन् । हल्यान्डले कुनै रन बनाउन सकेनन् ।

हल्यान्डलाई सन्दीपको बलमा पारस खड्काले क्याचआउट गरे ।

Loading...