बेइजिङ, २९ । चिनिया स्वास्थ्य निकायले देशमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण अबको दुई महिनामा पूर्णरूपमा समाप्त हुने बताएको छ ।
चीनका एक प्रमुख स्वास्थ्य सल्लाहकारले आगामी अप्रिल महिनासम्म कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउनेमा आफूहरू आशावादी रहेको बताएका हुन् ।

मंगलबार चीनमा कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीको संख्या गत ३१ जनवरीदेखिकै सबैभन्दा कम भएको जनाइएको छ ।
कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु मानिएको हुबेइ प्रान्तमा मंगलबार ९४ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।
यस्तै करिब एक हजार नयाँ बिरामीमा संक्रमण देखिएको थियो ।
उक्त भाइरसका कारण हालसम्म चीनमा ११ सय जनाको मृत्यु भइसकेको छ ।