रेडियोमैत्री कानून बनाउन सुझाव

सुर्खेत, २९ माघ । सञ्चार क्षेत्रका अगुवाहरुले स्थानीय र प्रदेश सरकारलाई सामुदायिक रेडियोमैत्री कानून बनाउन सुझाव दिएका छन् ।

नवौँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब० कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले नयाँ सञ्चार नीति सामुदायिक रेडियोको हितमा नभएकाले सच्याउनुपर्नेमा जोड दिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भन्डारीले प्रदेश सरकार सञ्चारमैत्री रहेको भन्दै आशङ्का नगर्न आग्रह गरे ।

उनले कर्णालीको समग्र सञ्चार क्षेत्रको विकासका लागि छिट्टै आमसञ्चार प्रतिष्ठान गठन गरिने जानकारी दिए । प्रदेश सञ्चार नीति समग्र सञ्चार जगत कै मर्मअनुसार ल्याउने प्रतिबद्धता व्यक्त गरे । रासस

Loading...